
काठमाडौं, ३० भदौ । नेपालमा गएको २४ घण्टामा करिब १४ सय बढी संक्रमित थपिँदा सोही हाराहारीमा निको पनि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा १ हजार ४ सय ५९ जना संक्रमित थप भएको जनाएका हुन् ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको छ ।
गएको २४ घण्टामा थप १ हजार ६२ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोनाबाट निको हुने कुल संख्या ४० हजार ६ सय ३८ जना छन् । निको हुने ७१.५ प्रतिशत रहेको छ ।
प्रवक्ता प्राडा गौतमका अनुसार गएको २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ४ महिला छन् । हालसम्म मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



