सल्यानकाे खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बन्याे देशकै उत्कृष्ट

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ३ फागुन । सल्यान जिल्लाकाे “खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सल्यान” देश भरीमै उत्कृष्ट हुन सफल भएकाे छ । नगर विकास कोषको ३४ औं बार्षिकोत्सव कार्यक्रममा साेमबार संस्थालाई उत्कृष्ट भएकाे घाेषणा गरिएकाे हाे ।

देश भरका खानेपानी उपभोक्ता संस्थाहरु मध्येबाट सन् २०१० पछाडिका दोस्रो, तेस्रो साना शहरी खानेपानी आयोजनाहरुमध्ये खानेपानीकाे बिकराल समस्यालाई समाधान गर्न, खलंगा सितलपाटीमा सहज आपूर्तीलगायत सहि ब्यवस्थापन गरेबापत् खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट घोषणा गरिएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि सहरी विकास मन्त्री रामकुमारी झाक्रीले संस्थाका अध्यक्ष केशवबहादुर बुढाथोकीलाई “कदर पत्र” प्रदान गरेकि थिइन । कार्यक्रममा संस्थाका उपाध्यक्ष मौसमदास श्रेष्ठ, सचिव सुधन श्रेष्ठलगायतकाे उपस्थिती रहेको थियो ।

यसैबीच संस्थाका उपाध्यक्ष माैसमदास श्रेष्ठले कामको उचित मूल्यांकन गरिएकाे सफल आवाजलाई बताए । पानी मानव जीवनका लागि नभै नहुने महत्वपूर्ण पदार्थ भएकाेले यसकाे सहज आपूर्ति र वितरणका लागि बनेकाे संस्थामा बसेर काम गर्न पाउँदा खुसि लागेकाे बताए । उनले अबका दिनमा अँझ सक्रिय भएर लाग्न प्रेरित गरेकाे बताए ।

संस्थाले पुरस्कृत गर्ने नगर विकास कोष, मूल्यांकन समिति, मन्त्रालय, सिङ्गो उपभोक्ता तथा सरोकारवाला सबैमा आभार व्यक्त गरेकाे छ ।