प्रि-ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से, २६ लाखको कारोबार

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । साताको चौथो कारोबार सुरु हुनुअघि प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५.०८ अंकले बढेर २ हजार ७५९.३६ अंकमा प्रवेश गरेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले उकालो लागेको छ । सो सेसनमा २४ कम्पनीको ४ हजार ९२९ कित्ता सेयर २६ लाख ७८ हजार ५२ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत उत्पादनमुलक र निर्जीवन बिमा उपसमूह घटेका छन् भने होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सेयर स्थिर देखिएकाे छ । बाँकी सबै उपसमूहहरु उकालो लागेका छन् ।