
काठमाडौं, ४ फागुन । पाल्पामा जन्मेकी खेमकुमारी दर्लामी मगरको १८ वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा उनी १ सन्तानकी आमासमेत बनिन् । सन्तानको पालन पोषण, पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । २०४२ सालमा पाल्पाबाट बसाइसराई गरी कोहलपुर आएका दर्लामी परिवारले कोहलपुरमा सानो फ्रेस हाउस सञ्चालन गरेको थियो ।
पसलबाट खेमकुमारीका श्रीमानले जेनतेन घर खर्च धानिरहेका थिए । अविभावक बनिसकेका उनीहरुको सानो व्यवसायलाई कहिले भूकम्प त कहिले लकडाउनले तहस नहस पारिदियो । त्यसपछि श्रीमान् भारतमा केही समय काम गरेर खाडी मुलुकमा कमाउन गए ।
विदेशमा परिश्रम गरेर रकम जोड्नुभन्दा त आफ्नै देशमा विदेशमा सिकेको सीपलाई सदुपयोग गरी परिश्रम गरेमा परिवारसँग पनि बस्न पाइने र कमाई पनि हुने सोचमा उनी नेपाल आए । विदेशमा गएको १ वर्षमै नेपाल फर्किए । आर्थिक स्थिति कमजोर भएका खेमकुमारीको परिवारलाई गाउँघरमा ऋण पाउन मुस्किल नै भयो ।
बैजनाथ गाउपालिका–६ मा शाखा सञ्चालन गरेको ग्लोबल आइएमई लघुवित्तमा पनि उनीहरु ऋणको लागि आए । काम गर्ने जाँगर भएका तर आर्थिक अवस्था कमजोर भएकालाई कर्जा लगानी गरी व्यवसाय गर्न सहयोग गर्ने लघुवित्तले उनलाई पनि ऋण सहयोग ग¥यो ।
खेमकुमारी २०७६ साल साउन महिनामा समूहमा आबद्ध भइन् । यसरी आफ्नै घर आँगनमा आएर समूह बनाई सुलभ ब्याजदरमा कर्जा दिने संस्था भेट्दा उनलाई निकै सहज भयो । समूहमा आबद्धपश्चात उनले पहिलो पटक २०७६ भदौमा ६० हजार कर्जा लिई श्रीमानले विदेशबाट ल्याएको केही रकम मिलाएर किराना तथा फ्रेस हाउस सञ्चालन गरिन् ।

सानो पुँजीबाट व्यवसाय सुरु गर्दै आएको आम्दानीले किस्ता तिर्दै गर्दा घरखर्च पनि सहजै चल्दै गयो र श्रीमानको भरपूर साथ र सहयोगले उक्त व्यवसायलाई विस्तार र व्यवस्थित गर्ने उद्देश्यले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दास्रो पटक २०७७ आश्विनमा १ लाख रुपैेयाँ कर्जा लिइन् । फेरि यसै महिना ४ लाख कर्जा लिई उनले हाल कोहलपुरमा २ वटा सटर भाडामा लिएर फ्रेस हाउस तथा ईलोक्ट्रोनिक्स पसल र आफ्नै घरमा किराना पसल व्यवसाय सञ्चालन गरिरहेकी छन् ।
उनले लगभग साढे २ वर्षको अवधीमा व्यावसायबाट कोहलपुरमा आफ्नै नाममा १ कट्टा जमिन खरिद गरेर घरसमेत बनाएकी छन् । आफनै फिर्ता पाउनुपर्ने पैसासमेत नपाएकोे अवस्थामा संस्थाले बिना धितो ५ लाखसम्म कर्जा दिएपछि उनलाई उद्यमी बन्ने बाटो खुल्यो ।
ग्लोबल आइएमई लघुवित्तको सफल सदस्य भएपछि आफ्नो सन्तानलाई शिक्षा स्वास्थ्य तथा अन्य आवश्यकता परिपूर्ति गर्न सकेकोमा लघुवित्तप्रति आभारी भएको बताइन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



