आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त, सेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । धौलागिरी लघुवित्त वित्तिय संस्थाले सर्वसाधारणका लागी निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको निष्काशनका लागी सेयर प्रत्याभूतिकर्ताका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

धौलागिरी लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङको बागलुङ नगरपालिका–२, श्रीनगर रहेको लघुवित्तले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आएको छ । यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत् करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।