
बेइजिङ, ५ फागुन । अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ ।
मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गरे । प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु र यसका घरेलु व्यापार उपकरणहरू अद्यावधिक गर्नु आवश्यक छ भन्ने दाबी गरेको थियो ।
चीनले विगत ४० वर्षभन्दा बढी को आर्थिक उपलब्धिले सुधार र खुलापनको सफलताको पुष्टि गरेको गाओले बताए । बजार र सरकारको भूमिकाको प्रभावकारी संयोजन चीनको आर्थिक विकासबाट प्राप्त अमूल्य अनुभव बन्न पुगेको उनले बताए । संयुक्त राज्य अमेरिकाले नयाँ रणनीतिहरू खोज्ने बहानामा ‘एकपक्षीयवाद, संरक्षणवाद र दुन्र्यवहार’को अभ्यास गर्नुको सट्टा विश्व व्यापार संगठनका नियमहरू अनुरूप आफ्नो व्यापारिक गतिविधिलाई सुनिश्चित गर्नुपर्ने गाओले दावी गरे ।
संयुक्त राज्य अमेरिकालाई तर्कसंगत तथा व्यावहारिक नीतिहरू अपनाउन र चीन–अमेरिका सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरे। उनले थपे, “पारस्परिक सम्मान, पारस्परिक लाभ र विजयी सहयोगको सिद्धान्तअन्तर्गत सम्बन्धहरू सही मार्गमा फर्कन्छन्, जुन दुई मुलुकका जनताको आधारभूत हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षाअनुरूप छ ।”








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




