
काठमाडौं, ६ फागुन । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सको ३३ औं साधारण सभा फागुन २९ गते लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा बाेलाइएकाे छ । सभा बिहान साढे १० वजे सुरु हुने भएकाे छ ।
सभाले यसअघि प्रस्ताव गरिएको हाल कायम भएको चुक्ता पूँजीकाे १९ प्रतिशत बोनस सेयर तथा त्यसमा लाग्ने करको प्रयाजनार्थ १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्नेछ ।
साधारण सभाबाट इन्स्योरेन्सको अधिकृत पूँजी ७ अर्ब तथा जारी पूँजी ६ अर्ब पुर्याउन कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नका लागि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिईनेछ । यस्तै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ गरी पाँच जना संचालकहरु चयन हुने भएको छ ।
इन्स्योरेन्सले साधारण सभालाई लक्षित गरेर फागुन २२ गते बुक क्लोज हुने जनाएको छ । लाभांश प्राप्तिका लागि सेयरधनीहरुले फागुनको २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ । साथै उनीहरुनै साधारण सभामा सहभागि हुन योग्य मानिनेछन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



