सत्ता गठबन्धनको बैठक : आज एमसीसी पेश नगर्ने सहमति, अर्को बैठक आइतबार बस्ने

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनुसार छलफलमा आज प्रतिनिधिसभामा एमसीसी टेबल नहुने र गठबन्धनको बैठक ८ गते बस्ने सहमति भएको हाे । बैठकपछि पत्रकारहरुसँगै बोल्दै उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो । तर, हामीले ८ गतेसम्म कुर्न आग्रह गर्‍यौं । त्यसमा उहाँ सहमत हुनुभयो ।’