
पाेखरा, ३० भदाै । अमेरिकी राजदूत र्यान्डी डब्लु.बेरीले आज संसदीय सहयोगसम्बन्धी पूर्वव्यावसायिक कार्यक्रम प्रि-प्रोफेशनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पीपीएसपी)को पोखरामा उद्घाटन गरेका छन।
युवाहरूका लागि नेपालमै पहिलो किसिमको फेलोशिपका रूपमा रहेको पीपीएसपीले कानून निर्माण र सार्वजनिक नीतिका विषयमा ज्ञान प्रदान गर्दछ।
नेपालका ५२% मतदाता युवा रहेको तथ्यलाई सम्मान गर्दै अमेरिकी दूतावासले पोखरा रिसर्च सेन्टर (पीआरसी) सँगको साझेदारीमा आयोजना गरेको सार्वजनिक नीतिसम्बन्धी अनलाइन तालिममा गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट छानिएका २० देखि ३० वर्ष उमेर समूहका ५० जना युवाहरूको सहभागिता रहेकाे छ । सहभागीहरूले भाद्र ३० देखि आश्विन ३ गतेसम्म भूराजनीति, कूटनीति, संघीयता, आर्थिक नीति र सुशासन लगायत विविध विषयमा ज्ञान प्राप्त गर्नेछन।
युवाको राजनीतिक निर्णय निर्माणमा सामेल हुने हक त छ नै, उनीहरूको समावेशिताले सरकारलाई समेत बलियो बनाउँछ, कार्यक्रम उद्घाटनका क्रममा राजदूत बेरीले भने । नेपालका युवालाई नीतिको खाका कोर्ने मञ्चमा पुर्याउँदा नेपालको लोकतन्त्रमा देशका सबै जनताको प्रतिनिधित्व सुनिश्चित हुन्छ उनले भने ।
यस परियोजनाले तीन ओटा शिविर सञ्चालन गर्नेछ । जसमा ५० मध्येबाट छानिएका अन्तिम १२ सहभागीले गण्डकी प्रदेश सभाका सांसदहरूका सल्लाहकारका रूपमा काम गर्नेछन् । छनोटमा परेका फेलोहरूले सांसदहरूलाई नीतिगत क्षेत्रको अध्ययन, संसदीय सोधपुछको मस्यौदा लेखन, संसदीय छलफलको तयारी र कार्यक्रम तालिका मिलाउने लगायतका कार्यमा सघाउने बताइएकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



