एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनमा सहमति

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनमा एमसीसी संसदमा पेश गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनुसार एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको छ । बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘एमसीसी संसदमा टेबल हुने सहमति भएको छ । अब संसदमै छलफल हुनेछ ।’

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।