हुवासिन सिमेन्ट फागुनभित्रै बजारमा आउने

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ फागुन । हुवासिन सिमेन्ट कम्पनीले फागुन महिनाभित्रै बजारमा ल्याउने गरी उत्पादन सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालन भएको कम्पनी हुवासिनले फागुनभित्रै सिमेन्ट बजारमा ल्याउने जनाएको हो ।

कम्पनीका जनसम्पर्क अधिकृत रमेश तिमिल्सिनाका अनुसार अबको २/३ हप्ताभित्रै बजारमा व्यावसायिकपमा सिमेन्ट र क्लिंकर बिक्री सुरु गर्ने तयारी भएको छ । उनका अनुसार उपभोक्ताले केही सस्तो मूल्यमा समेत गुणस्तरीय सिमेन्ट खरिद गर्न सक्नेछन् ।

कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट बजारमा ल्याउने तयारी गरिरहेको छ भने क्लिंकरसमेत बिक्री गर्ने जनाएको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको उद्योगमा १६ अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । लगानी बोर्डसँग सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड लागत रहने भनिए विभिन्न कारणले लगानी बढेको बताइएको छ ।