
काठमाडौं, ३१ भदौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपिओ खुल्ला गरिएको बताएको छ । पहिले कम्पनीले गएको साउन महिनाको ८ गतेदेखि आईपिओ निष्काशन गर्ने बताएपनि देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको समस्याका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रति शेयर अंकित मूल्य रु १०० दरका १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर, आयोजना अति प्रभावित क्षेत्र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ४ र तादी गाउँपालिका वडा नं २, ३ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ४ का वासिन्दाका लागि रहेकाे छ । नुवाकोटका आयोजना प्रभावितका लागि २ लाख ९ हजार ३ सय ६५ र म्यादीका लागि १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि दरखास्त दिने पाउने भएका छन् । कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



