महाशिवरात्रिमा सद्गुरुसँग ध्यान,सत्संगमा सहभागी हुन पाइने

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ फागुन । हिन्दु धर्मावलम्बीहरु तथा शिवभक्तहरुका लागी महत्वपुर्ण दिन महाशिवरात्रिमा सद्गुरुको ध्यान, सत्संगमा पनि सहभागी हुन पाइने भएको छ । रातमा आगोको धुनी तापि जाग्राम वसेर शिवको अनुग्रहमा रमाउने यस दिनलाई विशेष रुपमा मनाउनका लागि सद्गुरुले ईशा योगा सेन्टरमा हुने विशेष कार्यक्रममा सहभागी भई उत्सव मनाउन सबैलाई आमन्त्रण गर्नु भएको छ ।

विगत २७ वर्षदेखि सद्गुरुले हरेक महाशिवरात्रिमा रातभर विभिन्न ध्यान, सतसंग्मा सहभागी हुने अवसर दिइरहनुभएको छ । यस पटकको महाशिवरात्रीमा ध्यानका अलवा अन्य सांगितिक र संस्कृतिक कार्यको आयोजन गरि भव्य रुपमा उत्सव मनाउने तयारी भएको बताइएको छ ।

सद्गुरुले भनेका छन, “महाशिवरात्रि एक अवसर हो जनु दिन प्राकृतिक शक्तिले हामीलाई हाम्रो अन्तिम स्वरुपतिर लक्षित गर्नेछ । तपाईलाई यस रात्रिमा प्रफुल्लित जागरण रहोस ।”

यस विशेष उत्सवमा आफ्नै घरमा बसेर टेलिभिजन वा ईन्टरनेटको माध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सहभागी हुन सकिनेछ । यो कार्यक्रममा सद्गुरुद्धारा मध्यरातमा ध्यान, सत्सगं, विभिन्न ख्यातिप्राप्त कलाकार, गायक, संगीतकार र साउण्ड अफ ईशाबाट सांगितिक र सांस्कृतिक कार्यक्रम, आदियोगि दिव्यदर्शन र अन्य कार्यक्रमको विच महाशिवरात्रिको उत्सव मनाईने तयारी रहेको आयोजकले बताएका छन ।

यो कार्यक्रम संसारभर सबैभन्दा बढि हेरिने कार्यक्रममा पर्दछ । विश्वको प्रमुख ६ भाषामा कार्यक्रम प्रसारण हुनेछ । यसवर्ष महाशिवरात्रि फागुन १७ गते मंगलबार परेको छ । याे कार्यक्रम साेही साँझ ६.१५ बजेदेखि विहान ६.१५ बजेसम्म हुनेछ । अन्य जानकारी ईशा योगा सेन्टरको वेबसाइटमा राखिएको छ ।

लिकं : https://isha.sadhguru.org/mahashivratri/

 https://www.youtube.com/watch?v=zzFYosMNLIg