पोखरा, ३१ भदौ । पोखरामा कार्यरत् अर्का एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा १३ घर भई हाल पोखरा–४ मा बस्ने ३८ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्तिमार्फत् जनाएको हो ।
सुरुवातमा ज्वरो आएपछि स्वाब दिएका उनको रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । रिपोर्ट आइसक्दा आपूmलाई धेरै सुधार अनुभूति भएको उनले बताएका छन् ।
यसैबीच, कास्कीमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा ६ का २७ र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी, पोखरा ८ का ४१ र ४२ वर्षीय पुरुष, ४० वर्षीया महिला, वडा ५ का २२ वर्षीय पुरुष, वडा ११ का १०, १६, २९ र ५७ वर्षीया महिला, २४ वर्षीय पुरुष, वडा २७ का २३, २८, ३३ र ३४ वर्षीय पुरुष, वडा ४ का ४०, २४, २७, २९, २३, २५, २६ र २८ वर्षीय पुरुष, वडा १५ का ४० वर्षका २ जना पुरुष, वडा १० की १८ वर्षीया महिला, ९ वर्षीय, वडा ९ का ४४ वर्षीय पुरुष, वडा १ का २५ वर्षीया महिला, वडा ६ का २१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
कास्कीमा बुधबारमात्रै थप ५५ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार १ सय ७१ पुगेको छ ।
पोखरा केही साताअघि लेखनाथका एक पत्रकारमा पनि कोरोना देखिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



