
काठमाडौँ, ३१ भदौ । सरकारले असोज १ गतेदेखि यातायात सेवा संञ्चालन गर्न पाउने निर्णय गरेपछि पर्यटक बस व्यवसायीहरुले बस सञ्चालनको तयारी शुरु गरेका छन । उनिहरुले सरकार तथा विश्व स्वास्थ्य संगठनले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी शुुरु गरेका हुन ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि बन्द रहेका पर्यटक बस सेवा असोज १ गतेबाट सञ्चालन गर्न पाउने भएपछि व्यवसायीले केहि राहत महसुस गर्न थालेका छन ।
टिवानका अध्यक्ष ईश्वर शर्माले पर्यटक चढ्ने बसलाई निसंक्रमण गरेर सुरक्षित तवरले सञ्चालन गर्न लागेको बताएका छन । ६ महिनादेखि नचलेका बसलाई आवश्यक मर्मत गरेर सञ्चालन गर्ने तयारी थालिएको छ, शर्माले भने ।
पर्यटक बसको यात्रा शुरु गर्नुअघि यात्रुको ज्वरो जाचँ गरिने, चालक, बसका सहचालक र यात्रुले अनिवार्य मास्क र पञ्जा लगाउनु पर्नेछ ।
गएको चैत्रमा शुरु भएको लकडाउन अघि पर्यटक बसले दैनिक ३५ सय वढी स्वदेशी र विदेशी पर्यटकलाई गन्तव्यतिर लैजाने गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



