नेशनल हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्नका लागि आज एक दिन बाँकी रहेको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ कम्पनीको शुक्रबार बुक क्लोज गरिने भएको छ ।

लाभांश प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि सेयर लगानीकर्ताहरुले आज बिहिबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएको हुनुपर्नेछ ।

नेशनल हाइड्रोपावर कम्पनीले २५औं वार्षिक साधारण सभा ३० गते बोलाएको छ । सो सभा काठमाडौं, नयाँवानेश्वर, विनायकनगरमा पूर्वान्ह ११ बजे बोलाईएको छ ।

कम्पनीको साधारण सभाबाट १९.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । जसमा १८.५२ प्रतिशत बोनस सेयर रहेको छ । कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांस रहेको छ ।