प्रि-ओपन सेसनमा ४ अंकले घट्यो नेप्से, ३४ लाखको कारोबार

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ फागुन । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से सूचक ४.९९ अंकले घटेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज प्रि-ओपन सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१८ अंकले घटेर ५१५.७६ अंकमा झरेको हो । सो सेसनमा ४१ कम्पनीको ६ हजार ३१३ कित्ता सेयर ३४ लाख ५१ हजार ४७ रुपैयाँमा किनबेच भएको छ ।

बुधबार सेयर बजार दोहोरो अंकले घटेको थियो । सोमबार र मंगलबार सुधारिएको नेप्से बुधबार पुनः ओरालो लागेको हो । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको थियो ।

नेप्से परिसूचक १५.५० अंकले घटेर २ हजार ७२०.४३ अंकमा झरेको थियो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ५१७.९३ मा झरेको थियो ।