
काठमाडौँ, ३१ भदौ । नेपाल पर्यटन बोर्डले चाडपर्वको अवसर पारेर फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्व पहिले जस्तो रमाईलो गरेर मनाउन नपाएएको समयमा आफुलाई सिर्जनशिल बनाई चाडपर्वको अनुभूति गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बोर्डले बताएको छ ।
प्रतियोगितामा नेपालका कुनै पनि चाड, गतिविधि तथा समय सन्दर्भ मिलेका फोटोलाई अनलाइनबाट पठाउन सकिने भएको छ । यसका लागि मङ्सिर १० गतेसम्म फोटो पठाउने म्याद दिईएको बोर्डले जनाएको छ । पर्यटन बोर्डको फोटो अभियान साइट www.photonepal.travel मार्फत फोटो पठाउन सकिनेछ ।
बोर्डका अनुसार प्रतियोगितामा सहभागि भएकाहरूबाट उत्कृष्ट पाँच जना छानेर उनिहरू प्रत्येकलाई पुरस्कार स्वरूप जनहि दश हजार दिइनेछ । बोर्डद्वारा जारी बिज्ञप्तिमा कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विगतका प्रतियोगितामा देखिएको उत्साहले गर्दा यो पटकको प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताको रुपमा आयोजना गरिएको बताएका छन् ।
प्रतियोगितामा सहभागि हुनेले कम्तीमा सात वटा भिन्दाभिन्दै फोटो पठाउनु पर्नेछ । प्रतियोगिताले नेपाली चाडपर्वको महत्वलाई झल्काउने र फोटोमार्फत देशको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने आशा गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



