घट्यो छापावाल सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको स्थिर रहेको छ ।

छापावाला सुनमा ताेलामा रुपैयाँ १००० ले घटेकाे छ भने चाँदी स्थिर रहि बिहिबारकै भाउमा खरिदबिक्री भई रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ १००० घटेर तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ तोलाको ९९ हजार कायम भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा यसदिन कुनै फेरबदल भएको छैन । चाँदी स्थिर रहि तोलाको १ हजार ५५५ रुपैयाँमा करोबार भईरहेको छ ।