
काठमाडौं, १४ फागुन। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आगामी चैत्र ४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन दिनकाे १२:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पच्चिसाैं वार्षिक साधारण सभा डाकेको हो।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षको लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा सभाले छलफल गर्नेछ।
संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा छलफल गर्ने भएकाे छ ।
फाइनान्सको पच्चीसाैं साधारण सभा प्रयोजनको लागि फाल्गुन २० गते एक दिन शेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल धितोपत्र बिनिमय बजार लिमिटेडमा फाल्गुन १९ गतेसम्म कारोबार भई वित्तीय संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौंबाट शेयर दाखिल खारेज भई शेयरधनी दर्ता किताबमा कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने फाइनान्सले प्रकाशित गरेकाे सूचनामा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




