५१ दलले आयोगमा दिए दल दर्ताकाे निवेदन

-



     सफल आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइसकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए।