
पोखरा, १४ फागुन । कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ ।
संघ आवद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दुरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बुडी गण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए।
“कोरोनाले पर्यटकीय गतिविधि ठप्प हुँदा व्यवसायीमा समेत निराशा छाएको छ”, उनले भने, “व्यवसायीलाई थप उत्साहित एवम् अभिप्रेरित गर्दै पर्यटकीय गतिविधि बढ्न थालेको संकेत दिनका लागि पनि हामीले जलयात्रा आयोजना गरेका हौं ।”
कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै संघसंस्थाको सकृयता अपरिहार्य भएको उनले बताए ।
संघको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारीलगायतका स्थानको धार्मिक पर्यटन प्रवद्र्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तरक्रिया गरिदै आएको बताईएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



