
पोखरा, १४ फागुन । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।
अधिकारीको नाममा स्थापना भएको रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिबसका सन्दर्भमा शनिबार पोखरामा आयोजित रविन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।
उक्त प्रतिष्ठानका अध्यक्षसमेत रहेकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारिले उनले विभिन्न क्षेत्रमा पुर्याएकाे योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने, बिकासका र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन।
उनले पुरस्कार यस बर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरि शुरूवात गरिने बताउदै अधिकारीको जन्म दिन बैशाख २२ को अबसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताइन। प्रतिस्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिबसिय रुपमा मनाउन लागिएको बताए।
जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रविन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम, फागुन १५ गते बिहान आठ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे “रबिन्द्र स्मृती दिवस समारोह, फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा “बिद्यार्थी राजनिती, बिकास र रविन्द्र अधिकारी” बिषयक परिसंवाद कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासंघ कास्किका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचाकर्मीहरुले रविन्द्र अधिकारिले संचार लगायत बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



