
काठमाडौं, १५ फागुन । हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नका लागि आज एक दिन बाँकी रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि सोमबार, फागुन १६ गते बुक क्लोज हुने जनाएको छ ।
लाभांश प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्नेछ । उनीहरु मात्रै लाभांश पाउनका लागि योग्य मानिनेछन् ।
हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते बोलाईएको छ । सो सभा काठमाडौं, थापागाउँस्थित केन्द्रीय कार्यालयमा पूर्वान्ह ११ वजे बोलाईएको छ । साधारण सभा अनलाइनमार्फत हुने भएको छ ।
साधारण सभाले ६.६५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



