आज विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ विनिमयदरअनुसार आज अमेरिकी डलरको मूल्य १२० रुपैयाँ नाघेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२०.१७ रुपैयाँ र बिक्रीदर १२०.७७ रुपैयाँ कायम गरिएको छ । युरोपियन युनियनको एकको खरिददर १३४.३६ र बिक्रीदर १३५.०३ रुपैयाँ कायम गरिएको छ ।

आज युके पाउण्ड स्टलिङको एकको खरिददर १६०.७८ रुपैयाँ खरिददर र १६१.५८ रुपैयाँ बिक्रीदर कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज क्यानडियन डलरको एकको खरिददर ९३.८५ र बिक्रीदर ९४.३१ रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६.५३ र बिक्रीदर ८६.९६ रुपैयाँ कायम भएको छ ।

आज जापानीज यनको १० को खरिददर १०.४२ रुपैयाँ र बिक्रीदर १०.४७ रुपैयाँ कायम भएको छ भने चाइनीज युआन एकको खरिददर १९.०३ र बिक्रीदर १९.१२ रुपैयाँमा खरिदबिक्री भएको छ । आज दक्षिण कोरियन वनको १०० को खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।