एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको तयारी

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाबाट आजै एमसीसी पारित गर्ने तयारी भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधि सभाका दुईटा बैठक राखेर आजै एमसीसी पारित गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका अनुसार प्रतिनिधि सभा बैठकमा आजै एमसीसी पारित गर्ने तयारी गरिएको हो । ‘सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्यात्मक टिप्पणीसहित जवाफ दिएर आजै पारित गर्ने तयारी भएको छ ।’ बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘दोस्रो बैठक राखेर आजै एमसीसी पारित हुन्छ ।’

उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसीको विषयमा सकारात्मक भूमिका खेल्ने बताए ।