
काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौता जबरजस्ती अनुमोदन गराउन खोज्नु देशप्रतिको गद्दारी भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत् नेपाललाई अमेरिकी छातामुनि राख्न खोज्दा पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले देशप्रति गद्दारी गरेको बताएका हुन् ।
उनले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन गर्न खोजेको भन्दै भर्त्सनासमेत गरे ।
डा. रावलले भने, ‘राष्ट्रिय स्वाधिनताजस्तो विषय यस्तो होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ ।’






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



