मन्त्रिपरिषद्‍द्वारा एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद्‍ बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् । यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको बैठक संघीय संसद भवनभित्रै ६ मिनेट बसेको थियो ।