स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाईँ नियुक्त

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ फागुन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कामु सीईओमा चापागाईँ नियुक्त भएका छन् । आइतबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चापागाईँलाई नियुक्त गरेको हो ।

कामु सीईओ चापागाईँले सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघि स्वावलम्बन लघुवित्तको सीईओमा उदयराज खतिवडाले थिए । खतिवडाले माघ १२ गते पेश गरेको राजिनामालाई फागुन १६ गतेदेखि लागू हुने गरी लघुवित्तले स्वीकृत गरेको थियो ।