एमसीसी व्याख्यात्मक घोषणासहित पारित हुनु पार्टीको सफलता : माधव नेपाल

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको त्यस्तै पारित हुनबाट रोकेर व्याख्यात्मक घोषणा गरेको बताएका छन् ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा भएको बताए ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुँदा त्यसले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’