सुनको मूल्य प्रतितोला ९९ हजार ५०० पुग्यो, चाँदीको कति ?

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ भारि मात्रामा बढेको छ । सुनको भाउ यसदिन एकैपटक रुपैयाँ १९०० ले बढेको छ । चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा बुधबार एकैदिन रुपैयाँ १९०० ले बढेर तोलाको झण्डै १ लाख रुपैयाँ पुगेको छ । सुनको भाउ ९९ हजार ५०० रुपैया तोकिएको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको छ । यसरी बढेको चाँदी यसदिन प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतिताेला १ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।