आज विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।