नेष्डो समृद्ध लघुवित्तको सेयर शुक्रबारसम्म बाँडफाँड हुने

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओ शुक्रबारसम्म बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म सेयर बाँडफाँडको तयारी भएको बताएको छ ।

यतिबेला पेश भएका आवेदनमाथि जाँच भईरहेको छ । लघुवित्तको फागुन ११ गतेदेखि १५ गतेसम्म पच्चिस करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याईएको थियो ।

उक्त सेयरमध्ये बाह हजार ७५० कित्ता कर्मचारीका लागि, ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

नेष्डो लघुवित्तको आईपीओमा २६ लाख आवेदनकले तीन अर्ब १ करोड तेह्र लाख ७० हजार रुपैयाँ बराबरको तीन करोड १ लाख तेह्र हजार ७०० कित्ता सेयरका लागि आवेनदन पेश गरेका थिए ।

नेष्डाकाे सेयरमा मागभन्दा बढी आवेदन परेकोले न्युनतम १० कित्ताका दरले बाँडफाँड हुने सेयर ७७ हजार ४५६ जनाले पाउनेछन् ।

सर्वसाधारणलाई सेयर बाँडफाँड भएपछि लघुवित्तको चुक्ता पूँजी पच्चिस करोड ५० लाख रुपैयाँ पुग्नेछ ।