‘फोनपे’को प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । फोनपे पेमेन्ट सर्विसको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुत्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे ।

नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरैको अनुभव रहेको छ । ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रमा समेत ८ वर्षभन्दा बढीको अनुभव छ । उनको आगमनसँगै फोनपेको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएका छन् । २ वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।