२.४५ प्रतिशतले घट्यो नेप्से, हिमालयन जनरल इन्स्योरेन्सको कारोबारमा सर्वाधिक गिरावट

-



     सफल आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ फागुन । गत सातादेखि निरन्तर ओरालो लागेको नेप्से बुधबार पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स पनि ११.५२ अंक घटेको छ । आज सेन्सेटिभ परिसूचक २.३० प्रतिशतले घटेर ४८८.६९ अंकमा झरेको हो । आज २२८ कम्पनीको ५५ हजार २१२ पटकको कारोबारमा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको ७६ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार आज रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक, स्वाभिमान लघुवित्तको सेयरमूल्य, एनआइबीएल प्रगति फण्डको इकाईमूल्य तथा आइसीएफसी फाइनान्सको ऋणपत्र र गुडविल फाइनान्सको ऋणपत्रको मूल्य बढेको हो ।

आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घटेको छ । नेप्सेका अनुसार सो इन्स्योरेन्सको ८.२६ प्रतिशत सेयरमूल्य घटेको हो । युनाइटेड इदी मार्दी र ङादी ग्रुपको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढी घटेको छ ।