बिहीबार सुनको मूल्य ९९ हजार, चाँदीको कति ?

-



     सफल आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ फागुन । सातामा सुनचाँदीको कारोबार हुने पाँचौं दिनमा बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बुधबार एकै दिन १९ सय रुपैयाँले बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार भने मंगलबारको तुलनामा १९०० ले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुन तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार ९९ हजार रुपैयाँ थियो भने मंगलबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार आज १ हजार ३८० रुपैयाँमा किनबेच भएको छ । बुधबार चाँदी ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने चाँदीको प्रतितोला १ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।