बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ फागुन । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो आज १ को खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा कायम छ ।

कतारी रियालको १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।