
काठमाडौँ, १ असोज । आज पितृका नाममा तर्पण, सिदा र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदैछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गर्न लागिएको हो ।
भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते पितृ पक्षको अन्तिम दिन आमावास्या अर्थात औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन ।
यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष सोह्र श्राद्धमा कोरोना वा कारणले श्राद्ध गर्न नसकेकाहरुले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न सक्ने शास्त्रसम्मत हुने उनले बताएका छन । कुनै कारणले यो समयमा पनि सोह्र श्राद्ध गर्न नसकेमा लक्ष्मीपूजाका दिन गर्न सकिने उनले बताए । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकेको खण्डमा मङ्सिरमा साईत जुराएर गर्न सकिने शास्त्रीय मत रहेको छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रति दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको शास्त्रविद बताउँछन । वैदिक सनातन धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



