ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० फागुन । ग्रीन भेन्चर्स लिभिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीका अनुसार १०० रुपैयाँ मूल्य अंकित ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिएको हो । ओखलढुंगा खिजिदेम्बा गाउँपालिका वडा नं १, २, ३, लिखु गाउँपालिकाकोवडा नं ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं १, २ तथा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानियका लागि सेयर बिक्रीमा ल्याईएको हो ।

लगानीकर्ताले कम्तिमा १० तथा बढीमा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।