
काठमाडौं, २० फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छपावाला सुनमा यसदिन तोलाको रुपैयाँ ९०० ले बढेर रूपैयाँ एक लाख नजिक पुगेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ९०० ले बढेर प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुन ताेलाकाे ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन ताेलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहिबार तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ३८० रूपैयाँमा कारोबार भई रहेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




