आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला

-



     सफल आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० फागुन । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आइतबारदेखि हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता (१०ः४) सेयरको अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । इन्स्योरेन्स कम्पनीको १० कित्ता सेयर हुनेले नयाँ थप ४ कित्ता सेयर पाउनेछन् ।

कम्पनीको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ ।