
पोखरा, २१ फागुन । नेपाल निजामती कर्मचारी संगठन कास्कीको पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा १२ औ जिल्ला अधिबेसनबाट सर्वसम्मत चयन भएको कार्य समितिका पदाधिकारी साथै सदस्यहरुलाई निर्वाचन मण्डलले प्रमाण पत्र वितरण गरेको थियो ।
नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष ऋषि राम लामिछानेको अध्यक्षता पेशागत महासंघ नेपाल रास्ट्रिय समिति उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनालको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष निर्मल खत्रीको सञ्चालनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
पदस्थापना पश्चात संगठनका अध्यक्ष बिष्णु देवी पोखरेलको अध्यक्षतामा पहिलो बैठक समेत पनि सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न निर्णयहरू गरेको अध्यक्ष पोखरेलले बताए। पोखरेलले दिएको जानकारी अनुसार राष्ट्रसेवक बचत तथा ऋण सहकारी सँस्था लिमिटेड कास्कीले किनेको जग्गामा मनोज झपेन्द्र स्मृति भवन निर्माण गर्न एउटा कोष खडा गरी रकम सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकमा व्यवस्थित कार्य योजनासहित संगठनका भावी रणनीति तयार पारी संगठन मजबुत र एकताबद्ध बनाउँदै अधिवेशनले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सबै संगठक प्रतिबद्ध रहेको जानकारी नवनिर्वाचित सचिव नविनकिरण भुसालले दिए।
बैठकमा राष्ट्र सेवक बचत तथा ऋण सहकारी सस्था लि.कास्कीका अध्यक्ष राममणि ढुङ्गाना, कर्मचारी संगठन कास्की जिल्ला इन्चार्ज तथा नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत प्रसाद भुसाल, नेपाल निजामती कर्मचारी संगठन कास्कीका निवर्तमान अध्यक्ष अशोक खनाल लगायतले बाेलेका थिए।
बैठकमा पेशागत महासंघ नेपाल कास्कीका अध्यक्ष एवं रास्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. कास्कीका पुर्व अध्यक्ष धुर्ब सिंह खड्का, ११ औ रास्ट्रिय अधिबेसन आयोजक समिति सदस्य राम हरि खड्का, पेशागत महा संघ नेपाल रास्ट्रिय समिति सदस्य एवं रास्ट्र सेवक साकोस कास्कीका निवर्तमान अध्यक्ष बैकुण्ठनाथ आचार्य, पेशागत महासंघ रास्ट्रिय समिति सदस्य दुर्योधन गिरि, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय परिषद सदस्य भुवन दाहाल लगायतको उपस्थिती रहेको थियो।
नवनिर्वाचित अध्यक्ष पोख्रेलले संगठनलाई मजबुत र बलियो बनाउने सङ्कलपकासाथ अगाडी बढने प्रतिबद्धता व्यक्त गरे ।
हालै सम्पन्न जिल्ला अधिबेशनबाट बिष्णु देबी पोखरेल सर्वसम्मत अध्यक्ष चयन भएका थिए। संगठनको उपाध्यक्षमा कमल बहादुर के सी, महिला उपाध्यक्ष बिष्णु पोख्रेल पौडेल, सचिवमा नविन किरण भुसाल, सह–सचिव सुशीला देबी पोखरेल, कोषाध्यक्षमा मेघ बहादुर बस्नेत रहेका छन् ।
समितीको सदस्यहरुमा भगवती शर्मा पौडेल, नेत्र नारायण सुबेदी, झलक शर्मा पौडेल, बेल कुमारी गुरुङ, शरिता भण्डारी सुबेदी, प्रबिण भण्डारी, कविन्द्र राज पौडेल, सागर अधिकारि, सुर्य बहादुर पाण्डे, सरस्वती सापकोटा, युबराज पौडेल, बिष्णु प्रसाद अधिकारी, युबराज पुन रहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



