एमाले सदैव मानवअधिकारको पक्षमाः अध्यक्ष ओली(भिडियाेसहित)

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित



पोखरा २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सदैव मानवअधिकारको पक्षमा रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले अन्य दलभन्दा एमाले मानवअधिकारको पक्षमा उदार रहेको बताए ।

वर्तमान सरकार परमादेशको सरकार रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशको अर्थतन्त्र र परराष्ट्र सम्बन्ध बिग्रिँदासमेत केहि बुद्धिजिवीहरु देशमा सबै कुरा ठिकठाक भए जसरी चुपचाप बसेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

महाधिवेशनमा देशका ७६ जिल्लाबाट २ सय ५० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भोलिसम्म चल्ने भेलाले नयाँ नेतृत्व चयनसंगै पोखरा घोषणापत्र जारी गर्ने एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिए ।

यसैबीच, महाधिवेशनका अवसरमा एलाइन्सले आज रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

by-asfalawaj