युक्रेनबाट ५३३ नेपाली सुरक्षित बाहिरिए : परराष्ट्रमन्त्री खड्का

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ फागुन । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।

उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४२७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए । भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सोअनुसार सहयोग भएकोमा भारतलाई धन्यवादसमेत दिए ।

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी गरेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताए । नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको बताए ।