नेष्डो लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, २५ लाखको हात खाली हुने

-



     सफल आवाज    
     फागुन २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आइएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । १ सय अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०‍.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी सर्वसाधारणका लागि छुट्याइएको थियो ।

लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । आइपीओ निष्काशनपश्चात् चुक्ता पुँजी २५ करोड ५० लाख पुग्नेछ ।