पोखरामा एकै पटक ४० प्रहरीमा कोरोना संक्रमण

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



पोखरा, १ असोज । पोखरामा एकैपटक ४० प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

पोखरा–१५ स्थित प्रहरी कार्यालय, रामबजारमा कार्यरत १ महिलासहित ३९ पुरुष गरी ४० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो विज्ञप्तिमार्फत् जनाएको हो । पोखरामा यसअघि एकै पटक यति ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएको थिएन।

योसहित पोखरामा कुल ६६ जना संक्रमित थपिएका हुन् । लमजुङका ५ र तनहुँका ३ गरी पछिल्लो पटक ७४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ८० पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयम अनुसार ३६ वर्षीया महिला प्रहरी सहित बाँकी ३९ जना पुरुष प्रहरीहरुको उमेर २० देखि ४८ वर्षसम्म छ । यति ठूलो संख्यामा सुरक्षाकर्मीमा कसरी संक्रमण देखियो भन्नेबारेमा खोजी सुरु भएको छ ।

गण्डकीमा यसअघि बिहीबार बिहान २८ जनामा संक्रमण देखिएको थियो ।