माघसम्म २ खर्ब ४७ अर्ब रुपैयाँ पुग्यो शोधनान्तर घाटा

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ फागुन । देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । आयात बढेको तथा सो अनुसार रेमिट्यान्स नबढेका कारण शोधनान्तर घाटा बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ७ महिनाको तथ्यांकअनुसार चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ । पुस मसान्तसम्म यस्तो घाटा २ खर्ब ४३ अर्ब रुपैयाँ घाटामा थियो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा छ ।