
काठमाडाैं, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत दाेहाेरिएका छन् । पोखरामा फागुन २७ र २८ गते आयाेजना गरिएकाे जारि नवौं महाधिवेशनबाट बस्नेत पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोगका पदाधिकारीको नाम छानिसकेकाे छ । यसकाे घाेषणा आज बिहान हुँदैछ ।
अधिवेशनका संयाेजक रहेका गणाेश पाण्डे उपाध्यक्षमा चयन भएका छन् । यस्तै सबिन प्रियासन, राजेश राई र देवीका घर्ती उपाध्यक्ष चयन भएका छन् । महासचिवमा हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य चयन भएका छन् । उनी यसअघि पनि काेषाध्यक्ष थिए ।
सचिवमा विक्रम लुईंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् । अनुशासन आयाेगकाे अध्यक्षमा नवराज महतारा, लेखामा सटेन्द्र जवेगु र निर्वाचन आयोगमा गणेश खनाल चयन भएका छन् ।
गण्डकीबाट माधव बराल, भीमलाल श्रेष्ठ, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ र बेलिना थापा केन्द्रीय सदस्यमा चयन भएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



