
कास्की, २९ फागुन । कास्की जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताका साथ गाउँपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा कला, संस्कृति, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका कार्यहरूको विवरण सहितको मादी गाउँपालिकाको पहिलो कार्यकाल नामक पुस्तकको विमोचन पूर्व गृहमन्त्री एवं कास्की क्षेत्र नं १ का माननीय सांसद खगराज अधिकारीले गरेका थिए । उनले मादी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा ६ र ७ को मेरो मादी नामक पाठ्यपुस्तक पनि विमोचन गरे । सोही अवसरमा मादी गाउँपालिकाको स्थानीय गीत मेरो मादीको गीति भिडियोको समेत शुभारम्भ गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिले मादी गाउँपालिकाको विकासका लागि गुरुङको सभ्यताको ऐतिहासिक थलो क्होंलासोंथारलाई सम्पदा सूचीमा सूचीकृत गरी विकास गर्नको लागि आफूले पहल गरेको पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक विकासमा मादी गाउँपालिकाले गरेका विकासका कार्यको चर्चा गरेका थिए । यसका लागि मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ नेतृत्वमा रहेको जनप्रतिनिधिहरूको अहम् भूमिका भएको र सक्षम योग्य जनप्रतिनिधिहरुको नेतृत्व हुन सकेमा धेरै छिटो विकास हुने कुराको उदाहरण ५ वर्ष अगाडिको मादी र अहिलेको मादी विकासको अवस्थालाई हेरे पुग्ने कुरा बताए ।
मादी गाउँपालिकाको वृहत्तर हितमा सधैं लागि रहनेसमेत बताए । केही कसैलाई यो नेतृत्वले गरेका राम्रा कार्यलाई देखेर अत्तालिएर गाउँपालिकाका महत्वपूर्ण योजनाहरुलाई अगाडि बढ्न नदिएर अबरोध गरेको बताए । गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले यस पालिकाको विकासको लागि भएका कार्यहरुमा मादी गाउँपालिका वर्तमान जनप्रतिनिधिहरुले गरेका कार्यहरूको प्रशंसा गरे । त्यसैगरी गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले मादी गाउँपालिकाको ५ वर्षे विकासदेखि आफूखुसी भएको कुरा बताए ।
कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिका भौतिक पूर्वाधारहरु विकासका लागि पालिकाका जनप्रतिनिधिहरुले उल्लेख्य भूमिका रहेको र अब आउने जनप्रतिनिधिहरुको काम कार्य गर्न सहज हुने बताए । पालिका स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई देश तथा विदेशका साथै विभिन्न क्षेत्र तथा विधामा ख्याति प्राप्त गरेका राजनीतिक व्यक्तित्व, कृषक, कलाकार, संगीतकार, उद्योगी व्यवसायीहरु, उच्च पदस्थ कर्मचारी, विशिष्ट व्यक्तित्व, खेलाडी, चिकित्सक, शिक्षाविद्, वातावरणविद्, सामाजिक अभियान्तालाई गाउँपालिकाले सम्मानित गरेको थियो ।
सम्मानित व्यक्तित्वहरुबाट हरुबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका नेता कृष्ण केसीले मादीको विकासमा गरेका कार्यको प्रशंसा गर्दै जनप्रतिनिधिले गरेको कार्यबाट आफू खुशी भएको र विकास गर्दा राजनीति पार्टीले नभई हामीले पठाएका जनप्रतिनिधिले गरेको कुरा बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डाक्टर जगमान गुरुङले राजनीतिले पक्ष र विपक्षका कुरा गर्छन् सहिलाई सहि र व्यक्तिलाई गलतलाई गलत भन्न सक्नुपर्ने कुरा बताए । यस अवसरमा सम्मान गरेकोमा गौरव अनुभूति भएको कुरा बताउँदै नेपाल सरकारका सह सचिव एवम् सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले आफू जन्मे हुर्केको ठाउँको असाध्यै माया र मादी गाउँपालिकाको विकासमा सधैं साथ र सहयोग रहने बताए र आफूलाई सम्झेर सम्मान गरेकोमा मादी गाउँपालिकालाई धन्यवाद दिए ।
मादी गाउँपालिका निवासी राष्ट्रपति कार्यालयका महिला बालबालिका विज्ञ लक्ष्मी कार्की तथा लेखक एवम् विश्लेषक झलक सुवेदीले मादी गाउँपालिकाले आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै पालिका विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मादी गाउँपालिकामा जन्मी हुर्की सांगितीक क्षेत्रमा विशिष्ट योगदान गर्ने वरिष्ट संगीतकाररगीतकार तथा गायक वसन्त सापकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उनले मादीको कलाक्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटा सम्मानित

मादी गाउँपालिकाकाे स्थापना दिवसकै अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटालाई सम्मान गरिएकाे छ । कोभिड महामारी लगायतको विभिन्न प्रतिकूल परिस्थितिमा कुशलतापूर्वक कार्यसम्पादन गर्नुभएको र पालिकाको विकासमा पुर्याउनु भएकाे योगदानकाे उच्च मुल्याङकन गर्दै प्रमुखअतिथि तथा गाउँपालिका अध्यक्षले सापकाेटालाइ सम्मान गरेका थिए ।
स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई पालिकामा सेवा गरिरहेका डाक्टर मदन सापकोटा देखि मह सिकारी शेरबहादुर गुरुङ परम्परागत आरन सञ्चालक सूर्य बहादुर विश्वकर्मा सम्मलाई मादी गाउँपालिकाले मादी जन्मभूमि सम्मान पत्र र मेडलले सम्मान गरेको थियो । मादी गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समिति, कृषक, विद्यार्थी, विद्यालय, स्वास्थ्यकर्मी, पन्चे बाजा समूह, भजन चुड्का समूह, वन उपभोक्ता समिति, युवा क्लब, आमा समूह, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, लामा, पच्युलाई उत्कृष्ट घोषित गरी सम्मानपत्र र मेडल बाट सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्नेहरुमा गायिका एलिना गुरुङ, खेलाडी टेकेन्द्र गुरुङ, भीर मौरी शिकारी शेरबहादुर गुरुङ, फोटोपत्रकार युनिस गुरुङ, कृषि तरकारीमा उत्कृष्टता हासिल गर्ने गीता सापकोटा, बाख्रा पालक कृषक नारायण बराल, पर्यटन व्यवसायी विकास गुरुङ , दूधपोखरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङ, प्रधानाध्यापक नविनकुमार शाही जनकल्याण मावि, छात्रा विद्यार्थी शुस्मी गुरुङ हिमालय मावि, छात्र सरोज सापकोटा ध्रुव मावि, शिक्षक बसन्त सापकोटा सिताराम मावि, शिक्षक विकास सुवेदी राष्ट्रज्योति मावि, शिक्षक यादव बराल महारुद्र माविलाई सम्मान गरिएको थियो, यसैगरी महिला स्वास्थ्य स्वयम सेविका ननकुमारी गुरुङ, अनमी दल कुमारी क्षेत्री, सिअहेब झलकनाथ ढुंगाना, आरान सञ्चालक सूर्य बहादुर विश्वकर्मा, डकर्मी प्रेम भुजेल, मौरीपालक कृषक पितृराज लामिछानेलाई सम्मान गरिएको थियो ।
भैंसीपालक श्याम ढुङ्गाना, निर्माण व्यवसायी गजेन्द्र निर्माण सेवा, कृषि सहकारी संस्था मिजुरे मिलन सहकारी संस्था, उद्योग व्यवसाय तर्फ सिक्लेस बेकरी उद्योग, मिलन युवा क्लब, थुमाकोडाँडा साना किसान सहकारी, बयरघारी आमा समूह, प्रगतिशील कृषक समूह, ताङतिङ होमस्टे, भगवतीटार सामुदायिक वन उपभोक्ता समिति, सुन्दरडाँडा पन्चे बाजा समूह, श्री अन्नपूर्ण माध्यमिक विद्यालय, सेवा मिलन टोल विकास संस्था समेतलाई उत्कृष्ट घोषित गरी कदरपत्र, प्रशंसापत्र र मेडलबाट सम्मान गरिएको थियो । यसै गरी गाउँपालिकाको उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी कोइरालालाई सम्मान गरिएको थियो । साथै जनस्वास्थ्य निरीक्षक गोपाल चन्द्र बराल, वडा सचिव बलराम सापकोटालाई उत्कृष्ट सेवा पुर्याउनुभएकोले उत्कृष्ट कर्मचारीको घोषित गरी सम्मान गरिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



