
काठमाडौं, २९ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभामा कम्पनी अध्यक्षले कोभिड–१९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बिमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरुले गर्दा जीवन बिमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बिमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बिमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रति व्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बिमा क्षेत्रमा थप टेवा पुगेको बताइन् ।
सभामा अध्यक्षले आर्थिक वर्ष ०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचांकहरु उत्साहप्रद रहेको जानकारी दिइन् । उनका अनुसार कूल बिमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई ९२६.७४ करोड पुगेको छ । जीवन बिमा कोष २४.२९ प्रतिशतले बृद्धि भई ३३ अर्ब ४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई ३१ अर्ब ८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.०७६/७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पुँजीसमेत सन्तोषजनक रहेको र चालू वर्षको वोनससमेत गरी कुल पुँजी ४ अर्ब ३ करोड नाघेको छ ।
कम्पनीको बिमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार Future Bonus Provisioning मा यथेष्ट व्यवस्था गरिए पनि बिमितहरुलाई पूर्व वर्ष सरह वोनसदर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बिमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाइन् ।
सभामा अध्यक्षले आ.व.२०७७/०७८ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बिमाशुल्क ७१ प्रतिशतले बृद्धि भई ४ अर्ब नाघेको बताइन् । आउने दिनहरुमा समेत नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बिमकको रुपमा आम सर्वसाधारणको जीवन बिमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन् । कम्पनीले शाखा सञ्जाल, अभिकर्ता व्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराइन् ।
३३औं वार्षिक साधारण सभाले आ.व. ०७६/७७ को लागि चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसै गरी सो साधारण सभावाट संस्थापक समूह ‘क’ वर्ग बाट ३ जना प्रेमाराज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित भएका छन् सर्वसाधारण ‘ख’ वर्गबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




